काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको सानीभेरी अस्पताल पुगेर घाइतेहरुको स्थितिबारे जानकारी लिएका छन् । शनिबार बिहानै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट पुगेका प्रधानमन्त्री त्यहाँबाट रुकुम पश्चिम पुगेका हुन् ।
जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।




प्रतिक्रिया