कोशी प्रदेशले भूकम्प पीडितका लागि कर्णालीलाई १ करोड र राहत सामग्री दिने

कोशी प्रदेशले भूकम्प पीडितका लागि कर्णालीलाई १ करोड र राहत सामग्री दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारले जाजरकोट भूकम्पका पीडितका लागि १ करोड रुपैयाँ र आवश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ तथा त्रिपाल, कम्बल र मेट्रेस उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले बताए ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर पीडित भएकाहरूका लागि ३ प्रकारका सामग्री उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री कार्कीले बताए । ‘कोशी प्रदेश सरकारले भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । भूकम्प पीडितका लागि १ हजार कम्बल, १ हजार त्रिपाल र १ हजार मेट्रेस पठाउने निर्णय भएको छ,’ उनले भने ।

भूकम्पमा परेर जाजरकोटमा ९८ जनाको मृत्यु र ५५ जना घाइते भएको छन् भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु र ८५ जना घाइते भएका जनाइएको छ ।