भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार गर्न हेलिकप्टरसहित सेना परिचालन

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार गर्न हेलिकप्टरसहित सेना परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका भूकम्प प्रभावित विभिन्न जिल्लामा खोज तथा उद्धारको काममा नेपाली सेना परिचालन भएको छ ।

जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएर खोज तथा उद्धारको काम गरिरहेको सेनाले जनाएको छ ।

सेनाको फौजले खोज तथा उद्धार कार्य जारी राख्दै घाइतेहरूलाई हेलिकप्टरद्वारा थप उपचारको लागि सुर्खेत तथा नेपालगञ्जका अस्पतालमा ल्याउने कार्य गरिरहेको जनाइएको छ ।