भूकम्प प्रभावित पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिदा नबस्न सरकारको निर्देशन

भूकम्प प्रभावित पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिदा नबस्न सरकारको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू बिदामा भएमा यथाशीघ्र कार्यालयमा हाजिर भई कामकाजमा खटिन र तत्काल बिदामा नरहन निर्देशन दिएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘भूकम्पबाट मृत्यु भएका नागरिकहरूको खोजी एवं घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ । मृतक व्यक्तिहरूको खोजी तथा पहिचान, घाइतेहरूको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षहरूको व्यवस्थापनमा प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्‍याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न/गराउन हुन प्रभावित जिल्लाका सबै स्थानीय निकायहरू एवं स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरूमा हार्दिक अनुरोध छ ।’