काठमाण्डु – गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।
पछिल्लो अद्यावधिक विवरणअनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको छ ।
भूकम्पका कारण १६६ जना घाइते भएका जनाइएको छ । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाण्डु ल्याइएको छ ।
प्रभावित क्षेत्रमा ३ वटै सुरक्षा निकायको सक्रियतामा घाइतेको उद्धार लगायतका काम भइरहेका छन् । गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौं घर भत्किएका छन् ।




प्रतिक्रिया