काठमाण्डु- नागरिक उन्मुक्ति पार्टीले पार्टीको सम्पूर्ण पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर भूकम्प पीडितको उद्धारका लागि खट्न देशभरका आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावित नागरिकको उद्धार गर्दै सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने तथा उपचार र राहतको कार्यमा सक्रियता साथ सामेल हुन कार्यकर्तालाई निर्देशन दिएकी छिन्।
‘भूकम्पबाट प्रभावित नागरिकलाई तत्कालै सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरूको उपचार र राहतको कार्यमा सक्रियता साथ सामेल हुन पार्टीद्वारा पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु अर्को सूचना नआउन्जेलसम्म तत्काल स्थगित गरी नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेशको सदस्यहरू लगायत देशभरका सम्पूर्ण पार्टी पङ्क्तिका नेता, कार्यकर्तालाई सहयोगमा जुट्न यसै विज्ञप्ति मार्फत निर्देशन दिन चाहन्छु,’ विज्ञप्तीमा भनिएको छ।




प्रतिक्रिया