सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।

आइतबार बिहान सिंहदरबारमा जारी बैठकमा जाजरकोट भूकम्पपछि राहत,उद्धार र उपचारका विषयमा छलफल भइरहेको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो ।