सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने कांग्रेसको निर्णय

सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले आफ्ना सांसदहरुको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सांसदहरुको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो ।

जसअनुसार भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो बराबरको रकम दिनेछन् ।