साइबर ब्यूरोमा हाजिर भए मेडिकल व्यवसायी दुर्गा प्रसाईं

साइबर ब्यूरोमा हाजिर भए मेडिकल व्यवसायी दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । विभिन्न माध्यमबाट विवादस्पद अभिव्यक्ति दिएपछि उनी आइतबार साइबर ब्यूरोमा उपस्थित भएका हुन् ।

प्रसाईंले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् मारवाडी समुदायको चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो । नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंविरुद्ध उजुरी दिएपछि प्रहरीले व्यूरोमा बोलाएको हो ।