भारतले भूकम्प पीडितलाई पठायो ११ टन राहत सामग्री

भारतले भूकम्प पीडितलाई पठायो ११ टन राहत सामग्री

नेपालका भूकम्प पीडितलाई सहयोग प्रदान गर्ने भारत पहिलो मुलुक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- छिमेकी देश भारतले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ११ टन राहत सामग्री पठाएको छ।

भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री बोकेको भारतीय जहाज बाँकेको नेपालगञ्ज विमानस्थलमा आइतबार अपरान्ह अवतरण भएको हो।

भारतीय राजदूतले नवीन श्रीवास्तवले ती ११ टन राहत सामग्री नेपालका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई नेपालगञ्ज विमानस्थलमा हस्तान्तरण गरेका छन्।

नेपालका भूकम्प पीडितलाई सहयोग प्रदान गर्ने भारत पहिलो मुलुक बनेको छ । भारतीय राजदूतले करिब १० करोडको सामग्री आइसकेको र आवश्यकताअनुसार अरु पनि सहयोग आउने बताए ।