भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते

भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् । जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो ।

घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।