जाजरकोट र रुकुममा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहिएको छ : ओली

जाजरकोट र रुकुममा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहिएको छ : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा अहिले त्रिपाल, खाद्यान्न लत्ताकपडा र औषधी चाहिएको बताएका छन् ।

सोमबार आफ्नो फेसबुक पेजमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुने भएकाले सबैले सेवाभाव राखेर काम गर्नुपर्ने सुझाव दिएका हुन् ।

‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ’, अध्यक्ष ओलीले भने, ‘विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ ।’

साथै उनले उद्धार र उपचारमा खट्नुहुने सबैप्रति आभार व्यक्त गर्दै ती जिल्लामा अहिले सीपयुक्त दक्ष जनशक्तिको समेत आवश्यकता रहेको जनाएका छन् ।