धादिङमा कटुवा पेस्तोल बरामद

धादिङमा कटुवा पेस्तोल बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ – जिल्लाको थाक्रे गाउँपालिका–२ कार्की टोल बस्ने ३१ वर्षीय रञ्जन बानियाको गोठको छानोमा लुकाई राखेको एकनाले कटुवा पेस्तोल आईतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सिम्ले र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त टोलीले पेस्तोल फेला पारी बरामद गरेको हो ।

हाल फरार रञ्जनको खोजी गर्नुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।