रश्मिकाको फेक भिडिओ बनाउनेमाथि कारबाही गर्न अमिताभको माग

रश्मिकाको फेक भिडिओ बनाउनेमाथि कारबाही गर्न अमिताभको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा भारतीय अभिनेत्री रश्मिका मन्डन्ना लिफ्टमा उभिएकी छिन् । तर यो वास्तविक भिडियो होइन। जुन भिडिओ एआई (आर्टिफिसियल इन्टेलिजेन्स) डीपफेक प्रविधिको सहयोगमा हुबहु रश्मिकाजस्तै बनाएको हो।

यस ट्विटमा कमेन्ट गर्दै दिग्गज अभिनेता अमिताभ बच्चनले यस विषयमा कडा कानुनी कारबाही गर्नुपर्ने लेखेका छन् । यो भिडियोलाई डीपफेक भनिएको छ।

तथ्य जाँच गर्ने वेबसाइट अल्ट न्यूजसँग सम्बद्ध अभिषेकले एक्स (ट्विटर) मा भनेका छन्, ‘यो भिडियो डिप फेक टेक्नोलोजी प्रयोग गरी बनाइएको हो र भिडियोमा देखिएकी केटी रश्मिका मन्डन्ना होइनन्।’

यो नक्कली भिडियो हो भनेर आम मानिसलाई चिन्न धेरै गाह्रो छ। यस विषयमा आईटी मन्त्रालयका केन्द्रीय राज्यमन्त्री राजीव चन्द्रशेखरले भनेका छन् ‘सोशल मिडिया प्लेटफर्महरूले उनीहरूको प्लेटफर्ममा गलत जानकारी साझा नगर्ने सुनिश्चित गर्नुपर्छ।’ प्रयोगकर्ताले कुनै भिडियो वा सूचना फेक भनी रिपोर्ट गरेपछि ३६ घण्टाभित्र हटाउने नियम छ ।