ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा – बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन-२ मलकटिबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका-२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।