तिनाउ खोलामा डुबेर भारतीय किशोरीको मृत्यु

तिनाउ खोलामा डुबेर भारतीय किशोरीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा – तिनाउ खोलामा डुबेर भारतीय किशोरीको मृत्यु भएको छ ।

आज मंगलबार दिउँसो साढे १ बजे तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

भारतको उत्तर प्रदेश मगहरकाजिपुर घर भएका विद्यार्थीहरू विद्यालयबाट शिक्षकसहित २०–२५ जनाको संख्यामा नेपालमा घुम्न आएका थिए । घुम्न आएका विद्यार्थीमध्ये २० वर्षीया शाहिस्ता प्रविन फोटो खिच्ने क्रममा अचानक चिप्लिएर खोलामा डुबेकी थिइन् ।

प्रहरी चौकी दोभानबाट खटिएको टोलीले किशोरीको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।