माओवादीले भूकम्प पीडितका लागि सरकारलाई बुझायो ५० लाखको चेक

माओवादीले भूकम्प पीडितका लागि सरकारलाई बुझायो ५० लाखको चेक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले भूकम्प पीडितको राहतका लागि सरकारलाई चेक हस्तान्तरण गरेको छ ।

उपाध्यक्ष पम्फा भुसाल सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि आज मंगलबारै नेपाली कांग्रेसले ५० लाख र नेकपा एकीकृत समाजवादीले २५ लाखको चेक हस्तान्तरण गरेको छ ।