कालिकोटमा भीरबाट लडेर १ जनाको मृत्यु

कालिकोटमा भीरबाट लडेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट – जिल्लाको लालीघाट बजारमा व्यवसाय गर्दै आएका पलाता–९ थिर्पूका होटल व्यवसायी ४९ वर्षीय हरिकृष्ण बमको भीरबाट लडेर मृत्यु भएको छ ।

नरहरिनाथ–१ मा पर्ने जितेमा माछा मार्न थापेको पासा निकालेर फर्किने क्रममा आज बुधबार बिहान चिप्लिएर लडेका बमको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । बमको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मान्म पुर्‍याइएको छ ।