परशुराम माइत भएकी पार्वती खर काट्दा भिरबाट लडेर कलिलै उमेरमा अस्ताइन

परशुराम माइत भएकी पार्वती खर काट्दा भिरबाट लडेर कलिलै उमेरमा अस्ताइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु- बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । खर काट्ने क्रममा भिरबाट लडेर जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर– ६ की पार्वती स्याँडाको ज्यान गएको हो ।

आज दिउँसो करिब २ बजेतिर घर नजिकैको काचडा भन्ने भीरमा खर काट्ने क्रममा भीरबाट लडेर ज्यान गएकोवडा नम्बर-६ का वडा अध्यक्ष हरिश खडायतले बताएका छन् । उनका अनुसार पार्वतीको घाटी र छातीमा चोट लागेको र घटना स्थलमै मृत्यु भएको हो ।

मगलबार साँझ पार्वतीले आफ्नो खर काट्नको लागि गाउँका अन्य मानिसलाई पनि बोलाएकी थिइन । उनको आग्रहमा खर काट्नको लागि छिमेकीहरु पनि आएका थिए । छिमेकिहरूसँग उनी आज बिहान खर काट्न जंगल गएकी थिइन । तर, कलिलै उमेरकी पार्वती खर काट्ने क्रममा भिरबाट लडेकी हुन् ।

उनी लडेको थाहा पाइसकेपछि त्यहा अन्य मानिस पुग्दासम्म उनको मृत्यु भइसेको थियो । पार्वतीको माइती घर डडेल्धुराको परशुराम नगरपालिका वडा-१० ढकानी हो । उनी खाती परिवारकी छोरी हुन् ।