युट्युबर मनोज मानव पक्राउ

युट्युबर मनोज मानव पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- युट्युबर मनोज मानव पक्राउ परेका छन् ।

‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

मानवलाई म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगिएको छ ।