उपप्रधानमन्त्री खड्काको पनि यूएई भ्रमण स्थगित

उपप्रधानमन्त्री खड्काको पनि यूएई भ्रमण स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमण स्थगित गरेका छन्। उपप्रधानमन्त्री खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म गर्ने भनिएको यूएई स्थगित गरेका हुन् ।

यूएईको दुबईमा आयोजना हुने १८औँ दुबई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम थियो।

तर, यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गई ठूलो मात्रामा जनधन क्षति भएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमण स्थगन गरेको रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि युरोप भ्रमण स्थगन गरेका थिए।