जम्मुमा पाकिस्तानी रेन्जर्सको गोली लागेर एक बीएसएफ जवानको मृत्यु

जम्मुमा पाकिस्तानी रेन्जर्सको गोली लागेर एक बीएसएफ जवानको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत प्रशासित राज्य जम्मु कश्मीरको साम्बा जिल्लाको रामगढ सेक्टरमा सीमामा पाकिस्तानी रेंजर्सले गरेको अप्रत्याशित गोलीबारीमा एक बोर्डर सेक्युरिटी फोर्स बीएसएफका जवानको मृत्यु भएको छ।

बीएसएफले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । बीएसएफले विज्ञप्तिमा भनेको छ, ‘८-९ नोभेम्बरको मध्यरातमा रामगढ क्षेत्रमा पाकिस्तानी रेंजर्सले बिना कारण र उत्तेजनाका गोलीबारी गरे, जसको बीएसएफ जवानहरूले जवाफ दिए। यसमा एक बीएसएफ जवान घाइते भए र पछि मृत्यु भयो।‘

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बीएसएफ जवानलाई बिहान १ बजे उपचारका लागि रामगढ सामुदायिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। त्यसपछि उनलाई जम्मूको जीएमसी अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भयो।