गौतम बुद्धसहित ३ रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइने

गौतम बुद्धसहित ३ रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय भएको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् ।

बैठकमा क्रिकेट खेलाडीहरुले राम्रो प्रदर्शन गरेकाले ती रंगशालालाई राष्ट्रिय गौरवको आयोजनको रुपमा अघि बढाइने छलफल भएको उनले बताइन् ।