इजरायली सेनाले भन्यो- हमासका १३० वटा टनेल ध्वस्त

इजरायली सेनाले भन्यो- हमासका १३० वटा टनेल ध्वस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली सेना (आईडीएफ) ले गाजामा जमिन आक्रमणको शुरुवातदेखि हालसम्म हमासका १३० वटा टनेल शाफ्ट ध्वस्त भएको बताएको छ ।

“आईडीएफ लडाकु इन्जिनियरहरूले सुरुङहरू सहित गाजामा हमासको पूर्वाधार नष्ट गर्न काम गरिरहेका छन्,” आईडीएफले एक विज्ञप्तिमा भन्यो। सुरुङभित्र पाइने पानी र अक्सिजन भण्डारले लामो समयसम्म भूमिगत रहने हमासको तयारीलाई प्रमाणित गर्दछ।

बुधबार इजरायली सेनाले उत्तरी गाजाको बेइट हानान क्षेत्रमा रहेको संयुक्त राष्ट्रसंघीय विद्यालय नजिकै हमासको सुरुङ ध्वस्त पारेको बताएको थियो।

आईडीएफले बुधबार एउटा भिडियो जारी गर्‍यो जसमा ड्रोन क्यामेराले “स्कूल नजिकैको कथित सुरुङ” नष्ट गरेको देखाएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा गाजाका हालसम्म १० हजार ५६९ जनाको ज्यान गएको जनाएको छ ।

अक्टोबर ७ मा हमासको आक्रमणमा १४०० इजरायली मारिएका थिए भने २०० जनालाई हमासले बन्धक बनाएको थियो । इजरायली सेनाले यस युद्धमा आफ्ना ३१ सैनिक मारिएको जनाएको छ ।