प्रहरीको थुनामा रहेका १ जनाको मृत्यु

प्रहरीको थुनामा रहेका १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका १ जनाको मृत्यु भएको छ ।

थुनामा रहेका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको छ ।

बिहीबार प्रहरीले बयानका लागि थुनुवा कक्षबाट बाहिर ल्याएको बेला बेहोस भएका सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदीप चन्दले बताए ।

मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय व्यापारी समेत रहेका सेट्टीले ३८ वर्षीय लालबहादुर थापालाई लाठी प्रहार गरेर हत्या गरेको अभियोगमा मंगलबार पक्राउ गरिएको थियो ।

जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको बेला उनको मृत्यु भएको छ ।