अदालतमा फेरि लम्बियो सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा

अदालतमा फेरि लम्बियो सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग्ने आदेश गरेको छ ।

आज बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र लामिछाने पक्षबाट बहस गरेका कानून व्यवसायीलाई १ महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको हो । यससँगै मुद्दा फेरि लम्बिने भएको छ ।

गत वर्ष क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । बलात्कार मुद्दामा पटक–पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भएको थियो ।

अब मुद्दा सम्बन्धी बहस नोट १ महिनाभित्र अदालतमा पेश भएपछि पुनः पेशी तोकिने जनाइएको छ ।