राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक, पुस १ गते बस्ने

राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक, पुस १ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आज बिहीबार काठमाण्डुमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस १–३ गतेसम्म काठमाण्डुमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो ।

राप्रपा बैठकले जाजरकोट भूकम्पबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ । राप्रपाले भूकम्पबाट घरबार गुमाएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।

राप्रपाले राहत वितरणमा एकरूपता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको जनाइएको छ ।