काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने भएको छ ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले जलेश्वरमा बैठक गर्ने निर्णय गरेको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताए ।
रास्वपाले कात्तिक २२ र २३ गते मधेश प्रदेशमै संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक गर्ने निर्णय गरे पनि जाजरकोट भूकम्पले स्थगित भएको थियो ।
मधेश प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि छलफल हुने जनाइएको छ ।
रास्वपाले जनमत बुझ्न पार्टी केन्द्रीय सदस्य र सांसदलाई गाउँगाउँ खटाएको थियो ।




प्रतिक्रिया