महिला क्रिकेट टोलीको कप्तानमा इन्दु नियुक्त

महिला क्रिकेट टोलीको कप्तानमा इन्दु नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मालाई नियुक्त गरेको छ ।

आज बिहीबार क्यानले बर्मालाई कप्तान नियुक्त गरेको जनाएको छ ।

क्यानले नोभेम्बर १५ देखि हङकङ, चीनमा हुने ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि बर्माको कप्तानीमा १४ सदस्यीय टोली चयन गरेको छ ।

टोलीमा बिन्दु रावल उपकप्तान छिन् । टोलीमा रुबिना छेत्री, सीता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन खेलाडी छन् ।

यसअघि रुबिना छेत्री कप्तान थिइन् ।