भारतबाट आइपुग्यो राहत सामग्रीको तेस्रो खेप

भारतबाट आइपुग्यो राहत सामग्रीको तेस्रो खेप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- छिमेकी मुलुक भारतले जाजरकोट भूकम्पपीडितका लागि थप राहत सामग्री पठाएको छ। राहत सामग्रीको तेस्रो खेप लिएर भारतीय वायुसेनाको विमान बिहीबार साँझ नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो।

तेस्रो खेपको राहत सामग्री भारतीय राजदूतावासका प्रतिनिधिले नेपाली पक्षलाई हस्तान्तरण गरेका छन्। आज पठाइएको राहत सामग्रीमा ब्ल्यांकेट, स्लिपिङ ब्याग, टेन्ट र औषधि छन्।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै तेस्रो खेपमा थप १२ टन राहत सामग्री नेपाल पठाइएको जानकारी दिएका छन्।

भारतले यसअघि दुई पटक ठूलो मात्रामा राहत सामग्री पठाएको थियो। ती सामग्री भूकम्प प्रभावित क्षेत्रमा वितरण भइसकेको छ।