हिमालयन रिइन्स्योरेन्सले भूकम्प पीडितलाई पठायो ३५ लाख बराबरको राहत

हिमालयन रिइन्स्योरेन्सले भूकम्प पीडितलाई पठायो ३५ लाख बराबरको राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई हिमालयन रिइन्स्योरेन्स लिमिटेडले राहत पठाएको छ ।

संकटको घडीमा सहयोग गर्न प्रतिबद्ध हिमालयन रिइन्स्योरेन्स लिमिटेडले ३५ लाख बराबरको १ हजार ८७८ त्रिपाल र २ हजार कम्बलसहित अत्यावश्यक राहत सामग्री पठाएको छ ।

हिमालयनले १ हजार ८७८ त्रिपाल रुकुमपश्चिमको जिल्ला प्रशासन कार्यालय मुसिकोटमा पुर्‍याएको छ भने कम्बलहरू पश्चिमरुकुमको जिल्ला प्रशासन कार्यालयमा पुर्‍याउँदैछ ।

‘भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको छ र पुनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्दछ,’ हिमालयनद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ, ‘संकटको यस क्षणमा सम्पूर्ण पक्षले सहकार्य गरी प्रभावकारी कदम चाल्न सकेमा भूकम्प प्रभावित क्षेत्र पश्चिम नेपाललाई पुनर्निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने कम्पनीले अपेक्षा लिएको छ ।’