काठमाण्डु – तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ ।
कात्तिक २६ गते आईतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने जनाइएको छ ।
सर्वोच्च अदालत प्रशासनले आज शुक्रबार जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ ।




प्रतिक्रिया