पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

देवचुली नगरपालिका गोरे घुम्ति भन्ने ठाउँमा आइतबार लु १ ज ३२७० नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

मृतकमध्ये ३ जना महिला र ३ पुरुष छन्। साथै, घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृतक कसैको पनि सनाखत भएकाे छैन ।नवलपरासकै वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हाे । ब्रेक फेल भएर जिप दुर्घटनामा परेको प्रहरीकाे अनुमान छ ।