काठमाडौंमा राति देउसी खेल्‍नेलाई प्रहरीले सुरक्षा दिने

काठमाडौंमा राति देउसी खेल्‍नेलाई प्रहरीले सुरक्षा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- यसपालीको तिहारमा काठमाण्डुमा सर्वसाधारणले रातैभरि देउसीभैलो खेल्न पाउने भएका छन्। काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले काठमाण्डुमा सर्वसाधारणले रातैभरि देउसीभैलो खेल्न पाउने जानकारी दिएका हुन् ।

उनका अनुसार सुरक्षा प्रबन्ध मजबुत पारी चौबीसै घण्टा देउसीभैलो खेल्ने प्रबन्ध मिलाइएको छ। यद्यपि कुनै उच्छृङ्खल क्रियाकलाप नगरी सौहार्दपूर्ण रूपमा देउसीभैलो खेल्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको उनी बताउँछन्। तथापि, प्रहरी २४सै घण्टा नागरिकको सुरक्षाको लागि खटिइरहेको एसएसपी खत्रीले बताए।