नेपाल एयरलाइन्सको जहाजको इन्जिन स्टार्टमा समस्या देखिएपछि…

नेपाल एयरलाइन्सको जहाजको इन्जिन स्टार्टमा समस्या देखिएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ ।

नाइन एन–एबीयू कलसाइनको जहाजमा समस्या देखिएपछि फ्लाइट रोकिएको एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो ।

हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर इन्जिन स्टार्टमा समस्या देखिएपछि यात्रुहरु ओरालिएको हाे । अब मर्मत गरेर भोलि बिहानबाट नियमित उडान हुने पौडेलले बताए ।