काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले टिकटक बन्द गरेर सरकार अधिनायकवादी बाटोमा हिँड्न खोजेको जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले तत्काल निर्णय फिर्ता लिन सरकारसमक्ष माग गरेका छन् ।
टिकटक बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने उनले बताए ।
उनले लेखेका छन्, ‘टिकटक बन्द गर्ने निर्णय ठीक हैन । सामाजिक सञ्जाल (लगायत अन्य माध्यम) को गलत प्रयोगलाई नियमन गर्नुपर्छ तर एउटा मात्र प्लाट फर्मले गर्दा सामाजिक सद्भाव बिग्रियो, राष्ट्रियता कमजोर भयो भन्नु प्रविधिको विकासलाई नबुझ्नु हो । टिकटक त धेरैमध्ये एउटा माध्यम हो । सरकार अधिनायकवादी बाटोमा हिँड्न खोज्यो । यस्ता निर्णयहरूले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्छ । सरकारले यो निर्णय तुरुन्त फिर्ता गरोस् ।’




प्रतिक्रिया