काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्धको निर्णय निरंकुशताको बाटो भएको टिप्पणी गरेका छन् ।
सरकारले प्रतिबन्धको निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले टिकटक माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्ने माग गरे ।
उनले लेखेका छन्, ‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरूबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो । कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न । आज टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स (टुइटर), फेसबूक आदिमा प्रतिबन्ध हुनसक्छ । कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिन्छ ।’




प्रतिक्रिया