काठमाण्डु – नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक र भर्त्सनायोग्य भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय खेदजनक, भर्त्सनायोग्य र स्वेच्छचारी कदम भएको बताए ।
उनले लेखेका छन्, ‘अलोकतान्त्रिक बाटोबाट संसद्लाई छलेर तानाशाही ढंगले टिकटक जस्तो लोकप्रिय सामाजिक सञ्जाल बन्द गरेर होइन, सामाजिक सञ्जाललाई कानून बनाएर नियमन गर्ने, दर्ता अनिवार्य गर्नुपर्ने, तिनलाई करको दायरामा ल्याएर व्यवस्थित गर्नुपर्नेमा सामाजिक सञ्जाल टिकटकलाई नै बन्द गर्ने कुराले सरकारको नियत प्रस्ट भएको खुलासा भएको छ ।’




प्रतिक्रिया