काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले आज मंगलबार सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ ।
निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै प्राधिकरणले निर्देशन पालना नगरे दूरसञ्चार ऐन २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने जनाएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्राधिकरणले दूरसञ्चार ऐन २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटक चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
प्रधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्राधिकरणको निर्देश/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन २०५३को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुनसक्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’
यस्तो छ सूचना –





प्रतिक्रिया