काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विविध कला, मौलिक संस्कृति तथा चाडपर्वले सांस्कृतिक रूपमा एकआपसमा जोड्ने फरक भौगोलिक क्षेत्रका नेपालीलाई एकताबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।
नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट सामाजिक एकता बलियो बनाउन सकिने बताए ।
तत्कालीन समाजमा शंखधर साख्वाले जनताको ऋणमोचन गरी सञ्चालन गरेको संवतले राष्ट्रको सांस्कृतिक पहिचान कायम गरेको बताउँदै उनले सांस्कृतिक पहिचान प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको बताए ।
राष्ट्रिय उत्पादन वृद्धि गर्न रोजगारका अवसर सिर्जना गरी सामाजिक रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया