सिन्धुली कारागारमा एक थुनुवाको मृत्यु

सिन्धुली कारागारमा एक थुनुवाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जिल्ला कारागार सिन्धुलीमा एक जना कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर उनी सुतेका थिए । राति अचानक उनले छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए । बेहोस भएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइएकाे थियाे । तर चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालको भनाइ छ ।

स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका हुन् । सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।