धनगढी – दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामी सवार जीप दुर्घटना भएको छ ।
नौगाड गाउँपालिका–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश ३ ०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड गाउँपालिका–३ बगड जामिरमा दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको जनाइएको छ ।
जीप दुर्घटना हुँदा चालक जयभानसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवैलाई उपचारका लागि धनगढी लगिएको छ ।




प्रतिक्रिया