बंगलादेश: पूर्वप्रमका छोरालाई जन्मकैद र पूर्वगृहराज्यमन्त्रीका छोरासहित १९ जनालाई मृत्युदण्ड

बंगलादेश: पूर्वप्रमका छोरालाई जन्मकैद र पूर्वगृहराज्यमन्त्रीका छोरासहित १९ जनालाई मृत्युदण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अदालतले बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई जन्मकैदको फैसला सुनाएको छ।

प्रधानमन्त्री शेख हसीनाको चुनावी र्यालीमा ग्रिनेड हमलाको मामिलामा त्यहाँको अदालतले समेत ३८ जनालाई दोषी करार गर्दै १९ जनालाई जन्मकैद र बाँकी १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।

रहमान विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष हुन्। मृत्युदण्डको सजाय पाउनेमा पूर्वगृह राज्यमन्त्री लत्फोजमान बाबर पनि छन् । तारिक रहमान भने हाल लन्डनमा रहेका छन् ।

सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदमाथि बम आक्रमण भएको थियो। जसमा २४ जनाको मृत्यु भएको थियो।

भ्रष्टाचारको मामिलामा खालिदा जिया अहिले पाँच वर्षको सजाय काटिरहेकी छिन्। उनलाई ग्रिनेड हमलामा आरोपी बनाइएको थिइएन ।