काठमाण्डु – नेपाल एमालेले विशेष बैठक बोलाएको छ। मसिंर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी विशेष बैठक बोलाएको हो।
बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ।
सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन्। पछिल्लो समय प्रसाईंका गतिविधिविरुद्ध युवा संघ विरोधमा उत्रिएको छ।




प्रतिक्रिया