जापानमाथि नेपालको सहज जित

जापानमाथि नेपालको सहज जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ४६ रनमा समेटियो । नेपालका लागि स्पिनर संगीता राईले ५ विकेट लिइन् । जापानका लागि मेग ओगाबाले २९ बलमा २ चौकासहित १७ रन बनाइन् ।

पहिले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियाे । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् ।

काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।