सुर्खेत – जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ कोल्डाँडा बस्ने २२ वर्षीय कमल सुनारको करेन्ट लागेर गए राति मृत्यु भएको छ ।
आफ्नै घरमा मल्टिप्लगमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया