हेटौंडा – मकवानपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
आज आईतबार दिउँसो २ बजेतिर हेटौंडा उपमहानगरपालिका–६ शान्तिटोलस्थित कान्ति लोकपथ सडकखण्डमा ट्रकले ठक्कर दिँदा पैदल यात्री स्थानीय ३८ वर्षीया निरा बजगाईको मृत्यु भएको छ ।
ना७ख १८१६ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश ठकुरीले बताए ।
ट्रक तीव्र गतिमा भएका कारण दुर्घटना भएको बताइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया