विपिन जोशी हमासको नियन्त्रणमा छन् : आइडिएफ

विपिन जोशी हमासको नियन्त्रणमा छन् : आइडिएफ

दूतावासले भन्यो- विपीनको खोजीकार्य जारी छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले जानकारी दिएको छ।

७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरायलस्थित नेपाली दूतावासले  जनाएको छ ।

“विपीनको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन । हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको छ,” दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ ।