इजरायलसँग सम्झौताको नजिक अन्तिम चरणमा पुग्याे हमास समूह

इजरायलसँग सम्झौताको नजिक अन्तिम चरणमा पुग्याे हमास समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्यालेस्टिनी विद्रोही समूह हमासका एक अधिकारीले इजरायलसँग सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । दुई पक्षबीच कतारमा वार्ता जारी छ।

वार्ता जारी रहेका बेला हमासका नेता इस्माइल हनियाले आफूहरु इजरायलसँग सम्झौताको नजिक रहेको बताएका हुन् ।  ‘हामीले कतारको माध्यमबाट आफ्नो कुरा राखेका छौं। हामी युद्धविराम सम्झौतामा पुग्ने क्रममा छौं।’, हमासका नेता इस्माइल हनियाले भनेका छन् ।

इजरायली पक्षबाट भने यसबारे कुनै प्रतिक्रिया आएको छैन। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बनाएका बन्धक छुटाउने विषयमा सम्झौता हुन लागेको बताएका थिए।