दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय

दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको हो ।

माइतीघरमा जिल्ला प्रशासन कार्यालयले ३० दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । दुर्गा प्रसाईं पक्ष र नेकपा एमाले निकट युवा संघले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेका थिए।

एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको हो । त्यसपछि युवा संघले पनि काठमाण्डुको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । अब दुर्गा प्रसाईंले पनि बल्खुमा कार्यक्रम गर्नेछन् ।